Section 39A
प्रदेशमा वित्तीय संस्थाको सञ्चालन सम्बन्धी व्यवस्था
(१) नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा, शर्त वा निर्देशनको अधीनमा रही प्रदेशस्तरमा सीमित रही वित्तीय संस्थाको सञ्चालन गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिमको वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट निर्धारित ईजाजत नीतिको अधीनमा रही प्रदेशले बनाएको कानून बमोजिम ईजाजतपत्र लिनु पर्नेछ।
(३) यस दफा बमोजिम सञ्चालन भएका वित्तीय संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण नेपाल राष्ट्र बैङ्कबाट हुनेछ।
(४) प्रदेशस्तरका वित्तीय संस्थाको सञ्चालन सम्बन्धी अन्य व्यवस्था यस ऐनको अधीनमा रही सम्बन्धित प्रदेशको कानूनमा व्यवस्था भए बमोजिम हुनेछ।